Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, ११ : ४५ मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको छ। नेप्सेले गत वैशाख २५ गते मंगलबार देखि नै लागु हुने गरि कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । नेप्सेले कम्पनीलाई सचेत गराउदै कारोबार फुकुवा गरेको हो ।

कम्पनीले वैशाख २६ गते नेप्सेमा धितोपत्रको कारोवार फुकुवा गरिदिन अनुरोध गर्दै लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सदैव प्रचलित कानुनको परिपालना गर्ने पत्र मार्फत प्रतिबद्धता व्यक्त गरेकोले कम्पनीलाई सचेत गराउँदै कारोबार फुकुवा गरेको हो ।

कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) (ग) मा भएको व्यवस्था पालना नगरेकोले लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्नको लागि भन्दै नेप्सेले कारोबार रोक्का गरेको थियो ।

कम्पनीले हाल कायम सेयर प्रिमियमबाट हाल कायम चुक्ता पूँजीको २६.९८४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। तर बीमा प्राधिकरणले उक्त लाभांश रद्द गर्न निर्देशन दिएपछि कम्पनीको वैशाख २५ गते बसेको संचालक समितिको बैठकले लाभांश रद्द गरेको छ ।
 

66405fbdd5ba7.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको