Like us!
Follow us!
Connect us!
Watch us!

परराष्ट्रमन्त्री साउदले लिए पद तथा गोपनीयताको शपथ

अर्थ संसार

आइतबार, ०३ बैशाख २०८०, १६ : ०६ मा प्रकाशित

परराष्ट्रमन्त्री साउदले लिए पद तथा गोपनीयताको शपथ

परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (आइतबार) राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

नेपाली कांग्रेसका नेता साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार गर्दै परराष्ट्रमन्त्री नियुक्त गरिएको हो। यस्तै, नेकपा (एकीकृत समाजवादी) की नेत्री नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त भएकी छिन्। चपाइलाई प्रधानमन्त्री प्रचण्डले सोही समारोहमा पद तथा गोपनीताको शपथ ग्रहण गराए।- Photo Sorcec: RSS

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको