Like us!
Follow us!
Connect us!
Watch us!

आइपीओ खुल्यो :मेन्छियाम हाइड्रोपावरको सेयरमा आजबाट आवेदन दिन सकिने

अर्थ संसार

सोमबार, ०४ बैशाख २०८०, ०७ : २५ मा प्रकाशित

आइपीओ खुल्यो :मेन्छियाम हाइड्रोपावरको सेयरमा आजबाट आवेदन दिन सकिने

मेन्छियाम हाइड्रोपावरको आइपीओ आज वैशाख ४ गते सोमबारदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो । जस मध्य कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरिसकेको छ भने ५५ अर्थात् ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । 
 
बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

कति दिने आवेदन ?

 लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले छिटोमा वैशाख ७  गते सम्म र सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १९ गतेसम्म  आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल मार्केट रहेको छ। 

 रेटिङ
रेटिङ एजेन्सी केयर नेपालले यस आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङअर्थात कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको  रेटिङ दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको