Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंक र लभ–कुश इनोभेसनबीच सम्झौता

अर्थ संसार

बुधबार, ०६ बैशाख २०८०, १५ : ०० मा प्रकाशित

कुमारी बैंक र लभ–कुश इनोभेसनबीच सम्झौता

कुमारी बैंक लिमिटेडका क्रेडिट कार्डवाहकहरुले लभ–कुश इनोभेसनबाट भेन्डिङ मेसिन र अन्य मेसिनरी सामग्रीहरू मासिक किस्तामा खरिद गर्न पाउने भएका छन्। बैंकले आफ्ना क्रेडिट कार्डवाहकहरुलाई सुविधा दिने उद्देश्यले बैंकले लभ–कुश इनोभेसनसँग सम्झौता गरेको हो । 

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई ध्यान दिँदै आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्यमार्फत् लभ–कुश इनोभेसनमा पाइने विभिन्न वस्तुहरूको भुक्तानी आफ्नो क्रेडिट कार्डमार्फत गर्न मिल्ने प्रावधान गरेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको