Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ६ वटा निर्जीवन बीमा कम्पनीको बोनस सेयर सूचीकृत, हेर्नुहोस् कुनको कति?

अर्थ संसार

आइतबार, १० बैशाख २०८०, १३ : ४५ मा प्रकाशित

नेप्सेमा ६ वटा निर्जीवन बीमा कम्पनीको बोनस सेयर सूचीकृत, हेर्नुहोस् कुनको कति?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ६ वटा निर्जीवन बीमा कम्पनीको मात्रै बोनस सेयर सूचीकृत भएको छ । युनाइटेड इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यी कम्पनीहरुले आ–आफ्नै साधारण सभाबाट पारित गरेको बोनस सेयर सूचीकृत भएको हो ।

युनाइटेड इन्स्योरेन्सको साधारण सभाबाट पारित भएको ५ प्रतिशत दरका कुल ५ लाख १४ हजार ८० कित्ता सेयर सूचीकृत भएको हो । त्यस्तै, यता प्रुडेन्सियल इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको आइएमई जनरलको ६ प्रतिशत दरका कुल १० लाख २० हजार ९९० कित्ता सेयर सूचीकृत भएको हो ।

त्यस्तै, नेको इन्स्योरेन्सको १५ प्रतिशत दरको २६ लाख २४ हजार ८१८ कित्ता, शिखर इन्स्योरेन्सको १६ प्रतिशत दरको ३६ लाख ८८ हजार ६६० कित्ता, नेपाल इन्स्योरेन्सको ८ प्रतिशत दरको ११ लाख ५७ हजार ६९६ कित्ता र साविक सिद्धार्थ इन्स्योरेन्सको ९ प्रतिशत दरको ११ लाख ५९ हजार २०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यी कम्पनीहरुको बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको