Like us!
Follow us!
Connect us!
Watch us!

ओली र उद्योग वाणिज्य महासंघका पदाधिकारीबीच भेटवार्ता, यी विषयमा छलफल

अर्थ संसार

आइतबार, १० बैशाख २०८०, १३ : ५४ मा प्रकाशित

ओली र उद्योग वाणिज्य महासंघका पदाधिकारीबीच भेटवार्ता, यी विषयमा छलफल

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीबीच भेटवार्ता भएको छ । महासंघ प्रतिनिधिसँगको भेटमा ओलीले अख्तियारले निजी क्षेत्र हेर्ने गरी कानून बनाइए निजी क्षेत्रको थप एक नियामक थपिने बताए।

यसले निजी क्षेत्रलाई निरुत्साहित बनाउने उनको भनाई छ । ओलीले उक्त विधेयक राष्ट्रियसभाबाट पारित हुने बेलासम्म पनि आफूलाई जानकारी नभएको बताए ।

प्रतिनिधिसभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयकमा निजी क्षेत्रलाई समेत समेट्ने व्यवस्था भएकोले उक्त व्यवस्था हटाउन अध्यक्ष ढकालले आग्रह गरे। अर्थतन्त्रमा ८० प्रतिशत भन्दा बढी लगानी र रोजगारी दिइरहेको निजी क्षेत्र उक्त व्यवस्था पारित भएमा हतोत्साही हुने र लगानीको वातावरण बिग्रिनेतर्फ संघले ध्यानाकर्षण गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको