Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्डको प्रस्ताव– नेकपालाई ब्युँताउन फेरि एकताको पहल गरौं

अर्थ संसार

आइतबार, १० बैशाख २०८०, १६ : ४३ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डको प्रस्ताव– नेकपालाई ब्युँताउन फेरि एकताको पहल गरौं

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ब्युँताउनुपर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्षको अवसरमा नेकपा (एकीकृत समाजवादी) ले आयोजना गरेको नेपाली कम्युनिष्ट आन्दोलन स् उपलब्धि, चूनौति र सम्भावना विषयक विचार गोष्ठीमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले उक्त मोर्चाले सबैलाई नेकपातिर फर्कन अपिल गर्ने पनि विश्वास दिलाए । उनले नेकपा हिजो एकाध नेताको कारणले दुर्घटनामा परेको भएपनि लाखौं कार्यकर्ता र जनताले अनुमोदन गरेको एकता भएको उल्लेख गरे ।

उनले भने,‘त्यो एकता हामीद्धारा प्रस्तावित हो । हामीले अब देशको आवश्यकत्तालाई हेरौं । आग्रह वा पूर्वाग्रहमा नजाऔं ।विचारधारात्मक रुपमा समीक्षा गरौं। राष्ट्रको हितमा एकता फेरि एउटा नयाँ पहल सुरु गरौं’ उनले अब विचारात्मक रुपमा आत्मसमिक्षा गर्न जोड दिएका छन् । 

उनले कम्युनिस्ट आन्दालनको प्रभाव देशमा व्यापक विस्तारित भएको तर कम्युनिस्ट पार्टीहरु अलग हुँदा जनता र देशले अपेक्षा गरेको परिणाम दिन नसकेको बताउँदै फेरि एकतामा फर्किनुपर्ने बताए। प्रधानमन्त्री प्रचण्डले बहस र आत्ममीक्षा गर्दै एकतामा फर्किनुपर्ने बताए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको