Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकामा चरासँग विमान ठोक्कियो, इन्जिनमा लाग्यो आगो

अर्थ संसार

सोमबार, ११ बैशाख २०८०, १२ : ०६ मा प्रकाशित

अमेरिकामा चरासँग विमान ठोक्कियो, इन्जिनमा लाग्यो आगो

अमेरिकी एयरलाइन्सको बोइङ ७३७ विमान आकाशमा चरासँग ठोक्किँदा इन्जिनमा आगो लागेको बताइएको छ । आगो लागेपछि विमानलाई आकस्मिक अवतरण गर्नु परेको त्यहाँका संघीय उड्डयन प्रशासनले जनाएको हो । 

अमेरिकन एयरलाइन्सको फ्लाइट १९५८ कोलम्बसको जोन ग्लेन कोलम्बस अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ः४५ मा फिनिक्सका लागि उडेको थियो। विमान उड्ने बित्तिकै एउटा चरासँग ठोक्कियो । जसका कारण विमानको इन्जिनमा आगो लागेको थियो । यो घटना क्यामेरामा कैद भएको छ । आगलागीको जानकारी पाएपछि विमानले नजिकैको ओहायो एयरपोर्टमा आपतकालीन अवतरण गरेको छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । विमानको दाहिने इन्जिनबाट आगो, स्पार्क र धुवाँ निस्किएको देख्न सकिन्छ। जोन ग्लेन कोलम्बस इन्टरनेशनल एयरपोर्टले ट्वीट गरेको छ । ट्वीटमा भनिएको छ– आज बिहान एउटा विमानमा आगो लागेको छ, जसलाई सुरक्षित अवतरण गरियो। विमानस्थल खुला छ। संघीय उड्डयन प्रशासनले घटनामा कोही पनि घाइते नभएको जनाएको छ। घटनाको अनुसन्धान भइरहेको छ ।-Photo Source: Agnecy

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको