Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ स्टक सञ्चालनका लागि लाइसेन्स दिने विषयमा सांसद अमरेशकुमार सिंहका १२ प्रश्न

अर्थ संसार

बुधबार, १३ बैशाख २०८०, ११ : २७ मा प्रकाशित

नयाँ स्टक सञ्चालनका लागि लाइसेन्स दिने विषयमा सांसद अमरेशकुमार सिंहका १२ प्रश्न

नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि इजाजत पत्र दिने विषयमा संसद्मा प्रश्न उठेको छ। सांसद अमरेशकुमार सिंहले नेपालमा थप स्टक एक्सजेन्जको आवश्यकतामाथि प्रश्न गरेका हुन्।

हिजो (मंगलबार) प्रतिनिधसभाको बैठकमा सांसद सिंहले नयाँ स्कट एक्सचेन्जका लागि अनुमति दिने धितोपत्र बोर्डको निर्णयको औचित्य खोजेका हुन्।

उनले नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि इजाजत दिने विषयमा गरेका दर्जन प्रश्न यस्ता छन्।

१. वित्तीय क्षेत्र विकास रणनीति, २०७३ मा नेप्सेमा आर्थिक वर्ष २०७३र७४ भित्र रणनीतिक साझेदार भित्र्याउने, २०७४र७५ मा नेपाल सरकार र नेपाल राष्ट्र बैंकको स्वामित्वमा रहेको सम्पूर्ण सेयर विनिवेश गर्ने उल्लेख छ। यसलाई कार्यान्वयन गर्ने निकायका रूपमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क र नेपाल धितोपत्र बोर्डलाई तोकिएको छ। यस सम्बन्धी कार्य कहाँ पुग्यो?

२. प्रश्नको विषय झन् महत्त्वपूर्ण छ । सो प्रश्न हो, नयाँ स्टक एक्सचेन्जका आकांक्षीहरूलाई नेप्सेकै सेयर किन बिक्री नगर्ने?

३. बोर्डको निर्णयलाई आपराधिक कार्य घोषित गर्दै सोधिएको तेस्रो प्रश्न यस प्रकार छ स् नेप्सेको निजीकरण गर्नु अगावै अर्को स्टक एक्सचेन्ज थप्ने निर्णय कसरी कुन नीति, योजनाअनुसार आएको होरु घोषित नीति, रणनीति अनुसारका कामलाई थाती राखेर अँध्यारो कोठामा बुनिएको तानाबानालाई अगाडि बढाउने कार्य आपराधिक हो कि होइन?

४. नेपाल धितोपत्र बोर्ड सरकारी निकाय हो। झन्डै ६० अर्ब रुपैयाँ बराबरको जायजेथा भएको सरकारी संस्थान नेप्सेको जगेर्ना तथा संरक्षण गर्ने कार्य उसको दायित्वभित्र पर्छ कि पर्दैन?

५. नियामक निकाय संरक्षक पनि हुन आफैँले लाइसेन्स प्रदान गरेको, आफ्नै नियमन तथा सुपरिवेक्षण मातहतमा रहेको नेप्सेलाई कुनै निकास नै नदिई जबरजस्ती प्रतिस्पर्धा गराउँछु भन्नु अख्तियार दुरुपयोग हो कि होइनरु

६. हाम्रोभन्दा ६ हजार गुणा ठूलो अर्थतन्त्र र ५० गुणा धेरै जनसङ्ख्या भएको चीनमा दुई स्टक एक्सचेन्ज छन्। हाम्रोभन्दा हजार गुणा ठूलो अर्थतन्त्र र ५० गुणा धेरै जनसङ्ख्या भएको भारतमा पनि दुई राष्ट्रिय स्तरका स्टक एक्सचेन्ज छन्। हाम्रो अर्थतन्त्र पनि दुई वटा स्टक एक्सचेन्ज चाहिने गरी विकास भएको होरु

७( समाचारहरूमा नेप्से अन्तर्राष्ट्रिय स्तरको भएन भनिएको छ। अन्तर्राष्ट्रिय स्तर भनेको के होरु नेप्सेले कुन कुन अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको छैनरु ती मापदण्ड पूरा गर्न नसक्नुका कारण के हुन्रु

८. समाचारहरूमा नेप्सेले नियामक निकायको निर्देशन पालना गरेन भनिएको छ। ती निर्देशनहरू कुन कुन हुन्? त्यस्ता निर्देशन पालना नगरेबापत नेप्सेलाई के कस्ता कारबाही गरियो? गरिएको छैन भने किन नगरिएको हो? भारतमा बम्बई स्टक एक्सचेन्जले नटेरेको हुँदा नेसनल स्टक एक्सचेन्ज ल्याइएको भनेर तथ्य बङ्ग्याएर प्रचार गरिएको छ। उनको स्पष्ट टिप्पणी छ ।

९. समाचारहरूमा नेपाल धितोपत्र बोर्डले अध्ययन प्रतिवेदनका आधारमा स्टक एक्सचेन्ज थप्ने निर्णय गरेको भनिएको छ। उक्त अध्ययनको प्रायोजक को हो? अध्ययनका लागि कति रकमको प्रायोजन प्राप्त भएको थियो? अध्ययन गर्ने विज्ञ को को हुन्?

१०. नेप्सेका कारण सर्वसाधारण जनता के कस्ता सुविधाबाट वञ्चित भएका छन्रु थपिने भनिएको स्टक एक्सचेन्जले नेप्सेले नदिएका के कस्ता सुविधा दिने हो?

११. कतिपय मुलुकमा स्टक एक्सचेन्ज नै छैनन्। भएकामध्ये ९९ प्रतिशतमा एउटा मात्रै स्टक एक्सचेन्ज छ। नेपालमा आजको दिनमा आएर एक्कासि दुई वटा स्टक एक्सचेन्जको आवश्यकता किन परेको होरु कसलाई चाहिएको हो दुई वटा स्टक एक्सचेन्ज?

१२. करदाताको पैसाबाट पालिएको संस्थालाई कसैको व्यक्तिगत लहडमा बलि चढाउन मिल्छरु सरकारी सम्पत्ति सिद्ध्याउने यो खेलमा सरोकारवाला चुप लागेर बस्ला?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको