Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबीएल एस क्यापिटल र डियरवाकबीच सम्झौता, कम्पनीका कर्मचारीहरुले लगानी गर्ने मौका

अर्थ संसार

बुधबार, १३ बैशाख २०८०, ११ : ३८ मा प्रकाशित

एनआईबीएल एस क्यापिटल र डियरवाकबीच सम्झौता, कम्पनीका कर्मचारीहरुले लगानी गर्ने मौका

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्र्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र डियरवाक अटो सर्भिसबीच एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा “Corporate Payroll SIP” मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा डियरवाक अटो सर्भिस प्रा.लि.का तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दबे श्रेष्ठ र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट कम्पनीकोम्युचुअल फण्ड प्रमुख पोस्कर बस्नेतले हस्ताक्षर गरेका हुन् ।

यस योजना अन्तर्गत, डियरवाक अटो सर्भिस प्रा.लि. का विभिन्न तहका कर्मचारीहरुले आफुले ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना (SIP) मार्फत लगानी गर्न सक्नेछन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको