Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल सहभागिता फन्डः इकाइधनीहरुलाई करसहित ४ प्रतिशत नगद लाभांश वितरण गरिने

अर्थ संसार

शुक्रबार, १२ साउन २०८०, १५ : ४२ मा प्रकाशित

एनआईबिएल सहभागिता फन्डः इकाइधनीहरुलाई करसहित ४ प्रतिशत नगद लाभांश वितरण गरिने

एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फन्डको आर्थिक वर्ष २०७९/७०का लागि लाभांश घोषणा गरिएको छ। योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटलको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले एनआईबिएल सहभागिता फन्डका इकाइधनीहरुलाई करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरण प्रयोजनाका लागि सञ्चालक समितिले साउन ११ गते नै बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। यसको अर्थ सो मितिसम्म कायम रहेका सम्पूर्ण इकाइधनीहरुमात्रै प्रतिफल पाउन योग्य हुने क्यापिटलले जनाएको छ। यो खुलामुखी योजना हो।

यस योजनाका इकाइधनीहरुले आफूले प्राप्त गर्ने लाभांश रकमबराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत थप इकाइ खरिद गर्न सक्ने क्यापिटलले जनाएको छ। यसअघि यो योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराइसकेका योग्य इकाइधनीहरुको हितग्राही खातामा यथाशीघ्र इकाइ पठाइने पनि क्यापिटलले जनाएको छ। यो योजनाको कोष प्रवर्द्धकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको