Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल सहभागिता फन्ड र एच मेडिकल एन्ड डायग्नोस्टिकबीच सम्झौता

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, १२ : ४९ मा प्रकाशित

एनआईबिएल सहभागिता फन्ड र एच मेडिकल एन्ड डायग्नोस्टिकबीच सम्झौता

एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फन्डमा एच मेडिकल एन्ड डायग्नोस्टिक प्रालिका कर्मचारीहरुले ‘कर्पोरेट पेरोल एसआईपी’मार्फत लगानी गर्ने भएका छन्। 

यससम्बन्धमा एच मेडिकल र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलबीच सम्झौता भएको छ। सम्झौतापत्रमा एच मेडिकल तर्फबाट प्रमुख सञ्चालन अधिकृत मदन अर्याल र एनआईबीएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्। 

सम्झौताबमोजिम एच मेडिकलका कर्मचारीहरुले एनआईबिएल सहभागिता फन्डमा व्यवस्थित लगानी योजना (एसआईपी)मार्फत लगानी गर्न सक्नेछन्। उनीहरुले इच्छाअनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबिएल सहभागिता फन्डमा लगानी गर्न सक्नेछन्। यो योजनाको कोष प्रवर्द्धकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड) रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको