Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र सङ्कटमुक्त भइसकेको छैन तर पैसा छैन भन्दैमा हामीले काम गर्न छोड्नुहुँदैनः प्रधानमन्त्री प्रचण्ड

अर्थ संसार

विहीबार, १४ बैशाख २०८०, १२ : १९ मा प्रकाशित

अर्थतन्त्र सङ्कटमुक्त भइसकेको छैन तर पैसा छैन भन्दैमा हामीले काम गर्न छोड्नुहुँदैनः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेटको सिलिङ बढाउन पहल भइरहेको जानकारी दिएका छन् । राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उनले यस्तो पहल भइरहेको बताएका हुन् ।

उनले भने, “अर्थतन्त्र सङ्कटमुक्त भइसकेको छैन । तर पैसा छैन भन्दैमा हामीले काम गर्न र पहल लिन छोड्नुहुँदैन । जहाँ सङ्कट हुन्छ, त्यहाँ सम्भावना पनि हुन्छ ।” 

अझ धेरै मेहेनत गरेर अर्थतन्त्र सुधार्ने र विकासलाई तीव्रता दिनेगरी काम गर्नुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिए । उनले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँंदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव भएको बताएका छन् ।

भेटमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्कालगायत आयोगका पदाधिकारीको उपस्थिति थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको