Like us!
Follow us!
Connect us!
Watch us!

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट

अर्थ संसार

बुधबार, ०६ जेठ २०८३, १० : १५ मा प्रकाशित

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले गत बैशाख २३ गतेदेखि २८ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँबराबरको २५ लाख १५ हजार ४५५ कित्ता सेयर निष्काशन गरेको थियो । सो निष्काशनमा कुल २९ लाख ४८ हजार ९ सय ६६ जनाले ३ करोड ३७ लाख ४६ हजार २०० कित्ता सेयरका लागि आवेदन परेको थियो । जसमध्ये २७ लाख ७१ हजार २५२ आवेदन सदर भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार २ लाख ५१ हजार ५४५ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँट गर्दा शेष रहेको ५ कित्ता सेयर सोही लगानीकर्ताहरुमाझ बाँडफाँट गरिएको छ । यस अनुसार ५ जना लगानीकर्ताले भने थप एक कित्ता गरी कुल ११ कित्ता सेयर प्राप्त गरेका छन्।

यसरी हेर्नुहाेस नतिजा 

https://iporesult.cdsc.com.np/,

https://www.prabhucapital.com/ipo-allotment,

https://meroshare.cdsc.com.np/#/login

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको