Like us!
Follow us!
Connect us!
Watch us!

सुपरमाई हाइड्रोपावरको तेस्रो त्रैमासः खुद नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

विहीबार, १४ बैशाख २०८०, १२ : ५८ मा प्रकाशित

सुपरमाई हाइड्रोपावरको तेस्रो त्रैमासः खुद नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

सुपरमाई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ८३ लाख ५७ हजार खुद नाफा कमाएको छ । कम्पनीले आज (शुक्रबार) सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा घट्न पुगेको हो । उक्त नाफा गत वर्षको भन्दा ४१.२०५ ले कम हो । 

गत वर्ष यसैअवधिमा कम्पनीले ८ करोड २२ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा यस कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी घटेको र प्रशासनिक खर्च बढेकाले नाफा प्रभावित भएको हो ।

गत वर्ष १८ करोड ७० लाख ८३ हजार रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेकोमा यो वर्ष १७ करोड १४ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, अघिल्लो वर्ष ३९ लाख ७४ हजार रुपैयाँ भएको प्रशासनिक खर्च यो वर्ष ५५ लाख २ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३७ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५२ पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको