Like us!
Follow us!
Connect us!
Watch us!

चौथो त्रैमासिकमा उत्साहजनक देखिएन सुपरमाई हाइड्रोपावर, इपिएस र नेटवर्थ कति?

अर्थ संसार

मंगलबार, २३ साउन २०८०, ११ : ४७ मा प्रकाशित

चौथो त्रैमासिकमा उत्साहजनक देखिएन सुपरमाई हाइड्रोपावर, इपिएस र नेटवर्थ कति?

सुपरमाई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा खुद नाफा ५५.४० प्रतिशतले घटेको छ ।

नाफा  

कम्पनीले समिक्षा अवधिमा ५ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १२ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको प्रकाशित तथ्यांकले देखाएको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५५.४० प्रतिशत कम हो ।

खर्च

कम्पनीको प्रशासनिक तथा सामान्य खर्च २८ दशमलव ३२ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्म ७२.३३ लाख खर्च भएको तथ्यांकले देखाएको हो । 

आम्दनी

कम्पनीले असार मसान्तसम्म विद्युत बिक्रीबाट २१ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट २४ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो। यो हिसाबले समीक्षा वर्षमा कम्पनीको ११.५३ प्रतिशतले घटेको छ ।

प्रतिसेयर आम्दानी

खुद नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि घटेर ११.०६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यो अवधिसम्म ३०.९९ रहेको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६४.३२ प्रतिशत कम हो ।

प्रतिसेयर नेटवर्थ

कम्पनीको प्रतिसेयर नेटवर्थ ११०.९१ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यो अवधिसम्म १३०.७६ रहेको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.१७ प्रतिशत कम हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको