आज बिहिबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज २.२७ अंकले घटेर १८८९.७३ को विन्दुमा कायम हुन पुगेको हो ।
सेयरबजारमा आज जम्मा ७३ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक तीन वाणिज्य बैंकको कारोबार भएको छ । सेयरमूल्य बढेसँगै एभरेष्ट बैंकको आज ३ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको ३ करोड २७ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको ३ करोड १ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको २ करोड ९८ लाख, तारागाउँ रिजेन्सी होटलको २ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस