नेकपा (एमाले)का नेता भिम रावलले सवारी साधनमा राखिने इम्बोस्ड नम्बरमा नाम मात्र नेपालीमा राख्ने सरकारको निर्णय विदेशी सामु झुक्ने चतुर्याइ भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।
उनले अंक नेपालीमा राख्दा राष्ट्रको विशिष्ट परिचय हुन्थ्यो भन्दै त्यो नगरी प्रदेशको नाम नेपालीमा लेख्ने भन्ने कुरा विदेशीका सामु झुक्ने चतुर्याइ मात्र भएको बताएका हुन् ।
उनले भनेका छन्– सवारी साधनमा सरकारले इम्बोस्ड नम्बर अंग्रेजी र प्रदेशको नाम नेपालीमा राख्ने निर्णय गरेछ। नेपाली अंकले राष्ट्रको विशिष्ट परिचय हुन्थ्यो। अक्षर हिन्दी र नेपालीमा उस्तै हो। प्रदेशको नाम नेपालीमा लेख्ने भन्ने विदेशीका सामु झुक्ने चतु¥याइ मात्र हो। यस्को देशभक्त सबैले विरोध गरौं ।-File Photo
सवारी साधनमा सरकारले इम्बोड्स नम्बर अंग्रेजी र प्रदेशको नाम नेपालीमा राख्ने निर्णय गरेछ।नेपाली अंकले राष्ट्रको विशिष्ट परिचय हुन्थ्यो।अक्षर हिन्दी र नेपालीमा उस्तै हाे।प्रदेशको नाम नेपालीमा लेख्ने भन्ने विदेशीका सामु झुक्ने चतु¥याइ मात्र हो। यस्काे देशभक्त सबैले विराेध गराैं ।
— Bhim Rawal, PhD (@BhimRawal179) April 28, 2023
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस