Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री डा. महत र लगानीकर्ता संघका प्रतिनिधिहरुको भेटवार्ता, निरुत्साहित पूँजीबजार उकास्न माग

अर्थ संसार

सोमबार, १८ बैशाख २०८०, ११ : २९ मा प्रकाशित

अर्थमन्त्री डा. महत र लगानीकर्ता संघका प्रतिनिधिहरुको भेटवार्ता, निरुत्साहित पूँजीबजार उकास्न माग

पूँजी बजारको हालको अवस्थाबारे अवगत गराउन लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेका छन् । सो अवसरमा पूँजी बजारको समस्या निराकरणका विषयमा समेत छलफल भएको लगानीकर्ता संघको संयुक्त संगठनले आज सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

अर्थमन्त्री डा. महतसँग नेपाल इनभेष्टमेन्ट फोरमका अध्यक्ष तुलसी राम धकाल, सेयर लगानीकर्ता संघ नेपालका का. अध्यक्ष ताराप्रसाद फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले छलफल गरेका हुन्। छलफलको क्रममा उनीहरुले अर्थमन्त्रीलाई निरुत्साहित पँजीबजार उकास्न समेत अनुरोध गरेका छन्।

अर्थमन्त्री डा. महतलाई लगानीकर्ताहरुले सेयर बजार सुधारको ६ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका छन्। लगानीकर्ताहरूले नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गर्न अर्थमन्त्री डा. महतसँग अनुरोध गरेका छन् ।

यस्ता छन् तीन लगानीकर्ता संघका संयुक्त संगठनले अर्थमन्त्रीसामू प्रस्तुत गरेका मागहरु:

१. लगानीकर्ताहरूको प्रमुख मागको रूपमा रहेको खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गर्न अनुरोध गर्दछौं ।

२. १२ करोड (बाह्र करोड) सम्मको शेयर कर्जाको सिमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गर्दछौं ।

३. शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध गर्दछौं।

४. लगानीकर्तालाई अल्पकालिन र दिर्घकालिन लगानीकर्ताको रूपमा विभाजन गरी सोहि अनुरूप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न अनुरोध गर्दछौं ।

५. विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनु हुन अनुरोध गर्दछौं ।

६. तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछौं ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको