Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ ब्रोकर, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटीजको लाईसेन्स वितरण ढिलासुस्ती नर्गन लगानीकर्ताको माग

अर्थ संसार

सोमबार, १८ बैशाख २०८०, १२ : ४८ मा प्रकाशित

नयाँ ब्रोकर, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटीजको लाईसेन्स वितरण ढिलासुस्ती नर्गन लगानीकर्ताको माग

सेयर बजार लगानीकर्ताहरुको संयुक्त संगठनले नयाँ ब्रोकर, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटीज एक्सचेञ्जको लाईसेन्स वितरण ढिलासुस्ती नर्गन माग गरेका छन् । आज (आइतबार) अर्थमन्त्री डा. प्रकाशशरण महतसंगको भेटमा लगानीकर्ताको संयुक्त संगठनले यस्तो माग गरेका हुन् । 

अर्थमन्त्री डा. महतसंग नयाँ ब्रोकर, नयाँ स्टक र नयाँ कमोडिटीज एक्सचेञ्ज लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न माग गरेका हुन् । यसका साथै उनीहरुले १२ करोड सम्मको सेयर कर्जाको सीमाले बजारमा निरुत्साहित गरको भन्दै सो व्यवस्थालाई फिर्ता लिन माग गरे ।

यस्ता छन् लगानीकर्ताहरुले अर्थमन्त्रीलाई दिएका ६ बुँदे माग:
१. लगानीकर्ताहरूको प्रमुख मागको रूपमा रहेको खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गर्न अनुरोध गर्दछौं ।
२. १२ करोड (बाह्र करोड) सम्मको शेयर कर्जाको सिमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गर्दछौं ।
३. शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध गर्दछौं।
४. लगानीकर्तालाई अल्पकालिन र दिर्घकालिन लगानीकर्ताको रूपमा विभाजन गरी सोहि अनुरूप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न अनुरोध गर्दछौं ।
५. विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनु हुन अनुरोध गर्दछौं ।
६. तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको