Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारको पैसा कता हरायो ?

अर्थ संसार

शनिबार, २३ बैशाख २०८०, १९ : ०७ मा प्रकाशित

सेयरबजारको पैसा कता हरायो ?

२०७६ पुष २८ मा जब चीनको वुहान प्रान्तबाट एक विधार्थी नेपाल फर्किए र उनमा कोरोना भाइरस संक्रमणको लक्षण देखियो। त्यसपछि नेपालमा पनि सर्जित जोखिमले नेपालको एकातिर लगानी गर्ने स्रोतमा भएको बञ्चितीकरणले धेरैलाई सेयर बजारमा प्रवेश गरायो। 

धेरै जना त्यो पनि एकै पटक बजारमा लोभलाग्दो पूंजी लिएर छिरेपछि लगानीकर्ताले २०७८ भदौ २ गते नेप्से झण्डै ३२०० अंक नजिक पुगेको देखे। त्यो दिन बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९० हजार बराबर पुगेको थियो। 

२०७८ भदौ २ गते नेप्सेले इतिहास कायम गर्यो। त्यसदिन नेप्से परिसूचक ३१९८.६० मा पुग्यो। छोटो समयमा पुँजी लगानी गर्नेले समेत राम्रै नाफा कमाएका थिए। दिनमा २१ अर्बसम्मको कारोबार भयो। 

त्यसै समय नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत व्यक्तिगत रुपमा रु ४ करोड र परिवारका थप तीन जनाले रु १२ करोड बराबर मात्रै सेयर धितो कर्जा लिन पाउने नीति लिएपछि सेयर बजारमा राम्रै हलचल ल्यायो। 

त्यसपछिका राष्ट्र बैंकका केहि नीति नियम परिवर्तन र रुस युक्रेन युद्धपछि सिर्जना भएको तरलता संकुचन पछि नेप्सेले आफ्नो हिडिरहेको बाटो फेर्यो र अहिले वैशाख २१ २०८० गत सम्म आइपुग्दा नेप्से १८६९.७३ अंकमा झरेको छ भने कारोबार पनि दिनको कारोबार ७३ करोडमा खुम्चिएको छ। 

 सेयर लगानीकर्ता त्यसबेला देखि अहिले सम्म पनि केन्द्रीय बैंक नेपालका कारण सेयर बजार लगानी मैत्री नभएको भन्दै असन्तुस्टि व्यक्त गर्छन। 

बजार सुस्ताएको छ। अहिले बजारमा रहेका लगानीकर्ता कमाउने कम गुमाउन धेरैछन्। नेप्से उकालो लाग्दा बजारमा प्रवेश गर्ने लगानीकर्ता ओरोलो लागेको बजारमा देखिदैनन । कुनै बेला २१ अर्ब कारोबार भएको बजारमा अहिले बजारबाट पैसा हराएको देखिन्छ। आखिर सेयरबजारमा लगानी भइरहेका वा  लगानी हुन पर्ने पैसा  बजारबाट एकाएक कता कहाँ हरायो ?

यस विषयमा अर्थसंसार यस साताभर बजारका लगानी योग्य पैसा कता कहाँ हरायो ? कता फसेका छन् भन्ने साताभर खुलासाहरु गर्नेछ। त्यसको लागि अर्थसंसारका समाचार र अपडेटहरू हेर्दै गर्नुहोला। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको