Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको आह्वान:‘शोकमा केही दिन सेयर कारोबार बन्द गरौं’

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १९ : ५३ मा प्रकाशित

लगानीकर्ताको आह्वान:‘शोकमा केही दिन सेयर कारोबार बन्द गरौं’

जेनजी आन्दोलनमा राज्यको कठोर दमनका कारण ठूलो संख्यामा युवा मारिएपछि शेयर बजारसँग सम्बन्धित विभिन्न लगानीकर्ताहरूले सामाजिक सञ्जालमार्फत सरकारको निन्दा गर्दै बजारमार्फत शोक व्यक्त गर्ने आह्वान गरेका छन्।

लगानीकर्ता केशव कोइरालाले सामाजिक सञ्जालमा लेख्दै भने, “प्रिय ब्रोकर साथीहरू, आज हाम्रा कलिला छोराछोरी, नातिनातीनीहरूलाई रक्तपिपासु सरकारले सामूहिक हत्या गरेको छ। हामी गहिरो शोकमा छौं, केही दिन TMS बन्द गरेर सान्त्वना दिन सकिन्छ कि?”

प्रकाश श्रेष्ठले पनि ब्रोकरहरूलाई आग्रह गर्दै भनेका छन्, “म एक लगानीकर्ता भएको नाताले सबैसँग अनुरोध गर्न चाहन्छु। अहिलेको परिस्थितिमा हामी सबैले आफ्ना क्षेत्रबाट योगदान दिनुपर्छ। तपाईंहरूले TMS केही समयका लागि डाउन गरेर नैतिक समर्थन दिनुपर्छ।”

यसैबीच सिद्धार्थ सेढाईंले फेसबुकमा लेखेका छन्, “भोलि सबै लगानीकर्ताले नेप्से बन्द गरेर आन्दोलनमा जानुपर्छ। Enough is enough।”

यस्तै रोहन कार्कीले समेत केशव कोइरालाको भावलाई दोहोर्‍याउँदै शोकको समयमा सेयर कारोबार रोक्नुपर्ने आवाज उठाएका छन्।

जेनजी आन्दोलनमा व्यापक रक्तपात भएपछि विभिन्न क्षेत्रमा सरकारविरुद्ध आवाज चर्किंदै गएको छ भने शेयर बजारसँग सम्बन्धित समुदायले समेत  विरोध प्रदर्शन गर्ने तयारी थालेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको