Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर: सिटी होटलको आईपीओ सर्वसाधारणलाई खुला

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, ०६ : ५७ मा प्रकाशित

लगानीको अवसर: सिटी होटलको आईपीओ सर्वसाधारणलाई खुला

सिटी होटल लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला आज अर्थात वैशाख २५ बाट भएको छ। कम्पनीले पहिलो चरणमा  चैत्र २१ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ निष्कासन खुला गरेको थियो र वैशाख ५ गते बन्द भएको थियो।  

कम्पनील जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपियाँको १० % अर्थात १६ करोड ७४ लाख रुपियाँ बराबरको १६ लाख ७४ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । कूल निष्काशन मध्ये १ लाख ६७ हजार ४ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ६६ हजार ९ सय ६० कित्ता कर्मचारीहरु र ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । 

बाँकी रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ता सेयरका लागि सर्वसाधारणहरुले आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । सर्वसाधारणका लागि छुट्याइएको सेयर १ लाख ३५ हजार ५ सय ९४ जनाले १०–१० कित्ताका दरले पाउने छन् । कम्पनीले सोल्टिमोड, काठमाडौँमा पाँच तारे होटल, ह्यात प्लेस सञ्चालन गरिरहेको छ । गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका उद्यागीहरुको उक्त होटलमा लगानी रहेको छ ।  

कति दिने आवेदन ?

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

 वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म,सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ८ गतेसम्म आवेदन दिन सक्ने

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल मार्केट रहेको छ। 

 रेटिङ

रेटिङ एजेन्सी केयर नेपालले  ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको