मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ।
नेपाल धितोपत्र बोर्डले अगाडी बढाएको नयाँ स्टक एक्सेचन्जको लाइसेन्सका विषयमा संसद देखि मिडियामा भ्रष्टाचारका विभिन्न प्रश्न उठेको भन्दै तत्कालका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्न निर्णय सरकारले गरेको हो।
मन्त्रिपरिषद्को कार्यालयबाट नयाँ स्टक एक्सचेन्जको हाल सबै प्रक्रिया रोक्न लिखित निर्देशन अर्थमन्त्रालयमा दिएको छ।
नेपाल धितोपत्र बोर्डले भने कुनै यस्तो चिठी प्रताप नगरेको टिप्पणी गर्यो। बोर्डले भने याँ स्टक एक्सचेन्ज र कमोडिटीज एक्सचेन्ज कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया अगाडी बढाउदै मल्याङ्क समिति गठन गरेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस