Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना केबलकार चढ्ने यात्रुको संख्यामा वृद्धि, वैशाखमा सवा लाख बढीले लिए सेवा

अर्थ संसार

मंगलबार, ०२ जेठ २०८०, ११ : ५६ मा प्रकाशित

मनकामना केबलकार चढ्ने यात्रुको संख्यामा वृद्धि, वैशाखमा सवा लाख बढीले लिए सेवा

गोरखाको मनकामना केबलकार चढ्ने यात्रुको संख्या कोभिड यताकै सबैभन्दा बढी भएको छ। 

‘कोभिड नियन्त्रणमा आएसँगै मनकामना दर्शन गर्न आउने भक्तजनको आवागमनमा वृद्धि भइरहेको छ। अहिले दैनिक औसत ४ हजार भन्दा बढी भक्तजन र यात्रुले सेवा लिँदै आउनुभएको छ,’ संचालक श्रेष्ठले भने। वैशाखभर एक लाख २६ हजार यात्रुले केबलकार सेवा लिएको छ। 

उनका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्म केबलकार सेवा लिने यात्रुको संख्या ८ लाख ७० हजार पुगिसकेको छ। आउँदो असारसम्म सेवाग्राही संख्या साढे १० लाख पुग्ने प्रक्षेपण रहेको उनले बताए। वैशाखसम्म कुल यात्रुमध्ये नेपाली ७१।१७५ ९६ लाख १९ हजार ३७३० र भारतीय २४।१०५ ९ २ लाख ९ हजार ७४३० रहेको उनले जानकारी दिए।

पछिल्लो समय भारतीय पर्यटकको आवागमनमा उल्लेख्य वृद्धि भएको उनले बताए।

कम्पनीले मनकामना केबलकार केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतिको गरिसकेको छ। केबलकारको टावर, गोन्डोला, बुलह्‍वील लगायत उपकरण भने साबिककै रहेको छ। यो केबलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार भएको कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको