Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा रिलायन्सको सेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज?

अर्थ संसार

विहीबार, ०४ जेठ २०८०, १६ : २० मा प्रकाशित

सानिमा रिलायन्सको सेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । कम्पनीको सेयर ‘एसआरएलआई’ सिम्बोलबाट सूचीकृत भएको हो ।

साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबीच एकआपसमा गाभ्ने/गाभिने (मर्जर) गर्दा १ः१ अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरको कुल ४ करोड १८ लाख ४० हजार कित्ता सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त सेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार खुल्नेछ । कम्पनीको सेयरलाई नेप्सेले ३९१.८८ रुपैयाँ ओपनिङ्ग रेञ्ज दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको