Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकले डाक्यो साधारणसभा :लक्ष्मी सँगको मर्जर नै मुख्य प्रस्ताव

अर्थ संसार

बुधबार, १० जेठ २०८०, ०८ : ३३ मा प्रकाशित

सनराइज बैंकले डाक्यो साधारणसभा :लक्ष्मी सँगको मर्जर नै मुख्य प्रस्ताव

सनराइज बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकले असार ३ गते आफ्नो १५ औं वार्षिक साधारण सभा आम्रपालि व्यांक्वेट,बालुवाटारमा बिहान ११ बजे बोलाएको हो । 

लक्ष्मी बैंकसँग मर्जरमा जाने सहमित लगतै बैंकले सभामा पनि सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव अगाडी सारेको छ  । मर्जर प्रयोजनको लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात र अन्तिम सम्झौता पत्र पारित गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि बैंकले जेठ २३ गते बुक क्लोज गर्ने भएको छ । अर्थात जेठ २२ गतेसम्म कारोबार भइ कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।््

केहि दिन अगाडी मात्र यी दुबै बैंकले १ः१ अनुपातमा मर्ज जाने सहमति गरेका थिए । मर्जरपश्चात लक्ष्मी सनराइज बैंकको नामले एकीकृत कारोबार गर्ने तय भएको छ । 

हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ । १००५ को स्वाप पछि  २० अर्ब ६६ करोड रुपैयाँ चुक्ता पुँजीको बैंक बन्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको