Like us!
Follow us!
Connect us!
Watch us!

ईसीबी प्रमुखद्वारा मुद्रास्फीति कम गर्ने प्रतिवद्धता

अर्थ संसार

विहीबार, ११ जेठ २०८०, १६ : १४ मा प्रकाशित

ईसीबी प्रमुखद्वारा मुद्रास्फीति कम गर्ने प्रतिवद्धता

युरोपेली केन्द्रीय बैंक (ईसीबी) का अध्यक्षले युरो क्षेत्रमा बढ्दो मुद्रास्फितिलाई दुई प्रतिशतको लक्ष्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । 

ईसीबीको २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा बुधबार फ्रयाङ्कफर्टमा आयोजित एक कार्यक्रममा क्रिस्टिन लेगार्डले भनिन्, “यो बैङ्कका लागि ‘तात्कालिक प्रमुख प्राथमिकता’ हो । 

आफ्नो भाषणमा लेगार्डले युरोको प्रशंसा गर्दै यसलाई युरोपको ‘एकीकरणको इन्जिन’ को रूपमा वर्णन गरेकी थिइन्  । 

सन् १९८० को दशकको उत्तरार्धबाट आएको परिवर्तनको ‘तार्किक जवाफ’ एकल मुद्रा भएको बताउँदै उनले युरो क्षेत्र ११ बाट २० सदस्यसम्म विस्तार गरिएको बताईन् । “युरोले युरोपेलीहरूलाई स्थिरता, सार्वभौमिकता र ऐक्यबद्धता प्रदान गरेको छ ।” 

ईयूमा कर्जा सङ्कट आउँदा र ब्रेक्जिटको समयमा एकल मुद्राको परीक्षण गरिएको भए तापनि लेगार्डले भने मानिसहरू अब संस्थाहरूलाई नीतिहरूबाट अलग गर्न सक्षम भएका छन् ।

“उनीहरूले ईसीबीको नीति मन पराउन वा नपराउन सक्छन्, तर उनीहरू प्रायः यूरो क्षेत्रको भाग हुनु सही छनौट हो कि होइन भनेर प्रश्न गर्दैनन्,” उनले भनिन्।-सिन्ह्वा/Photo Source: Agency 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको