Like us!
Follow us!
Connect us!
Watch us!

महासंघका अध्यक्ष ढकाल र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक हाना सिंगरबीच भेटवार्ता

अर्थ संसार

विहीबार, ११ जेठ २०८०, १६ : २९ मा प्रकाशित

महासंघका अध्यक्ष ढकाल र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक हाना सिंगरबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगरबीच भेटवार्ता भएको छ । आज बिहिबार महासंघको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । 

भेटवार्ताको क्रममा अध्यक्ष ढकालले निजी क्षेत्र र विकास साझेदारहरु बीच सहकार्य बढाउन आग्रह गरे। साथै, महासंघले अघि सारेका आर्थिक संकटको समाधानका लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा  रोजगारी सृजना गर्ने प्रमुख प्राथमिकताहरुमा सहकार्यका लागि विकास साझेदारसँग आग्रह गरेका छन्। 

भेटवार्तामा दुई संस्थाबीच दिगो विकासका लक्ष्य कार्यान्वयन र अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्तीबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको थियो। सो अवसरमा आवासीय संयोजक हाना सिंगरले महासंघका अध्यक्ष ढकालले राखेका विषयलाई आफूले महत्वका साथ लिएको बताइन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको