Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न

अर्थ संसार

बुधबार, ०७ माघ २०७७, १९ : २२ मा प्रकाशित

यूनाइटेड इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न

यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २६ औं वार्षिक साधारण बुधबार सम्पन्न भएको छ । सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सानहिसाब र नगदप्रभाहविवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरेको छ । त्यसै गरी आर्थिक वर्ष २०७६/०७७ का लागीबाह्य लेखा परिक्षक श्री मदननिरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्ट््लाई नियुक्त गरेको छ । 
कम्पनीको विशेष प्रस्तावअन्तर्गत बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सर्वसहमतिले पारित गरेको छ ।  

कम्पनीको आ.व.२०७७/०७८ को वित्तीय विवरणमा कुल बीमा शुल्क आम्दानी रु.४८,८०,३३,४४५/६२  रहेको छ ।  खुद बीमा शुल्क आम्दानी रु.२३,०७,५२,४२६/२० रहेकोमा खुद नाफा रु२,२२,१२,१०२/५३ रहेकोछ ।

यस कम्पनीको लगानी गत आ.व. को तुलना मा३/९३ प्रतिशतले बृद्धि भई आषाढ मसान्तमा रु.६९,८४,४२,१३१/७४ पुगेको छ । आ.व. २०७५।०७६ माकम्पनीको कुल कारोवार गतआ.व. २०७४।०७५ को तुलनामा २/२५ प्रतिशतले वृद्धि भई रु.४८,८०,३३,४४५/६२ बीमा शुल्क आर्जन गरेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको