Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड इन्स्योरेन्सको सिईओमा उपासना पौडेल, बीमा क्षेत्रकाे पहिलो महिला सीईओ

अर्थ संसार

आइतबार, १९ बैशाख २०७८, १५ : ४१ मा प्रकाशित

यूनाइटेड इन्स्योरेन्सको सिईओमा उपासना पौडेल, बीमा क्षेत्रकाे पहिलो महिला सीईओ

यूनाइटेड इन्स्योरेन्स  कम्पनी (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा उपासना पौैडेल नियुक्त भएकी छिन् । 

आगामि चार वर्षका लागि पौैडेललाई  प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।  उनको नियुक्तिसंगै बीमा क्षेत्रले प्रथम महिला प्रमुख कार्यकारी अधिकृत पाएको छ । 

  हाल सम्मकै कम उमेर अर्थात ३४ वर्षको उमेरमा उक्त गरिमामय पदमा पौडले बहाल हुन सफल भएका छिन् । विगत एक दशक भन्दा बढि कार्याको अनुभव भएको र छिमेकी मुलुक भारतको दिल्ली विश्व विद्यालयको Faculty of Management Studies (FMS)बाट एम.बि.ए सम्मको अध्ययन  पुरा गरी पौडलले भारतमा नै  बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुन् ।

उनी यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)  मा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् ।

 उनको कार्य सम्पादनप्रति सन्तुष्ट कम्पनीले उनलार्ई प्रम्ख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट संभव हुने छ । उनको आगमन संगै कम्पनी थप उचाईमा पुग्ने विश्वास कम्पनीले लिएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको