Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई सुखद साता: मार्केट ८२ अंकले बढ्दा १ खर्ब २० अर्बले बढ्याे लगानीकर्ताकाे सम्पत्ति

नेप्से

शुक्रबार, १२ जेठ २०८०, १४ : ०९ मा प्रकाशित

लगानीकर्तालाई सुखद साता: मार्केट ८२ अंकले बढ्दा १ खर्ब २० अर्बले बढ्याे लगानीकर्ताकाे सम्पत्ति

यो साता सेयर बजारका लागि सुखद रह्याे । यस साता जम्मा ४ दिन दाेश्राे बजार खुलेकाे थियाे । बिहीबार भाेटाे जात्राकाे अवसरमा सार्वजनिक बिदा परेकाे हुनाले ४ दिन मात्रै बजार खुलेकाे हाे । जसमध्ये ४ काराेबार दिन नै नेप्सेले उकालो यात्रा तय गर्याेे ।

पछिल्लाे समय सेयर लगानीकर्ताहरूकाे मनाेबल बढेकाे छ । मार्केट पनि पाेजेटिभ सेन्टिमेन्टमा नै चलिरहेकाे छ । फण्डामेन्टल इन्डिकेटरहरूले पनि बजार बढ्न साथ दिएका छन् । तरलता सुध्रँदाे अवस्थामा छ । ब्याजदर घट्दाे अवस्थामा छ । यी सबै कुराहरूले गर्दा अहिले लगानीकर्ताहरूकाे आत्मविश्वास बलियाे बनाएकाे छ ।

नेप्से परिसूचक 

यस साता सेयर काराेबार मापक नेप्से परिसूचक ८१ दशमलव ८० अंकले घटेर १९५९.१२ विन्दुमा पुगेको छ । नेप्से परिसूचक ४.३६ प्रतिशतले बढेकाे हाे । 

यस साता काराेबार भएकाे ४ दिनमध्ये, आइतबार नेप्से परिसूचक ५.८८ अंकले बढेको थियाे । साेमबार नेप्से परिसूचक ८.१० अंकले बढेको थियाे । मंगलबार नेप्से परिसूचक ५१.३१ अंकले बढेकाे थियाे । र यस साताकाे काराेबार भएकाे अन्तिम दिन बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.४९ अंकले बढेकाे थियाे । 

काराेबार रकम

नेप्से परिसूचकसँगै यस साता कारोबार रकममा पनि उछाल देखिएकाे छ। गत साता दैनिक औषतमा ९१ करोड ९६ लाख रूपैयाँको सेयर कारोबार भएकोमा यस साता दैनिक औषतमा एक अर्ब ७३ करोडको सेयर काराेबार भएकाे छ । गत साताकाे तुलनामा यस साताकाे औषत काराेबार रकम ८९ प्रतिशतले बढेकाे हाे ।

उपसमूह

काराेबार हुने कुल १३ उपसमूहमध्ये यस साता सबै उपसमूहकाे सूचक बढेकाे छ । याे साता सबैभन्दा धेरै हाेटल तथा पर्यटन समूह १२.७१ प्रतिशत अर्थात् ४५२.०४ अंकले बढेको छ । याे साता सबैभन्दा कम बढ्नेमा म्युचुअल फण्ड समूह रहेकाे छ । साताभरमा म्युचुअल फण्ड समूह १.१० प्रतिशतले बढेकाे छ ।

सर्वाधिक कमाउने

यस साता आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । साताभरमा संस्थाकाे सेयरमूल्य ४६.३९ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ५ सय ३ रूपैयाँ पुगेकाे छ । त्यस पश्चात् क्रमश: युनिलिभर नेपाल लिमिटेड, सनराइज फाेकस्ड इक्विटी फण्ड, बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडकाे मूल्य सबैभन्दा धेरै बढेकाे छ । 

सर्वाधिक गुमाउने

याे साता आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरूले सबैभन्दा धेरै गुमाएका छन् । साताभरमा कम्पनीकाे सेयरमूल्य ५.५६ प्रतिशतले घटेर एक हजार २ सय २३ रूपैयाँमा झरेकाे छ । सर्वाधिक गुमाउने १० कम्पनीमा ५ वटा ॠणपत्र परेका छन् । अन्य ५ वटा मात्रै कम्पनी छन् । आदर्श लघुवित्तबाहेक गुमाउने अन्य कम्पनीमा ग्रीन लाइफ हाइड्राेपावर, राप्ती हाइड्राे एण्ड जनरल क्न्सर्टक्सन, सानिमा मिडल तमाेर हाइड्राेपावर र सीनर्जी पावर डेभलपमेन्ट कम्पनी रहेका छन् । 

बजार पूँजीकरण

यस साता लगानीकर्ताहरूकाे सम्पत्ती अर्थात् नेप्सेको कुल बजार पूँजीकरण ४.४ प्रतिशतले बढेको छ । गत साताको अन्तिम कारोबार दिन २७ खर्ब ३८ अर्ब रुपैयाँ रहेको बजार पूँजीकरण यस साताकाे अन्तिम दिनसम्म आइपुग्दा १ खर्ब २० अर्ब रूपैयाँले बढेर २८ खर्ब ५८ अर्ब रूपैयाँ पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको