Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

आइतबार, १४ जेठ २०८०, १५ : २३ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज आइतबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयरबजारमा आज १७ अंकको गिरावट आएको हो । नेप्से इन्डेक्स शुन्य दशमलव ८९ प्रतिशतले घटेर १९४१.७४ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से घटेपनि कारोबार रकममा भने सुधार आएको छ । आज २ अर्ब ६३ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको २१ करोड ७९ लाखमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल टेलिकमको ९ करोड १३ लाख, सोल्टी होटलको ८ करोड ८६ लाख, चिलिमे हाइड्रोपावरको ८ करोड ३८ लाख र निफ्राको ७ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको