Like us!
Follow us!
Connect us!
Watch us!

बजेट भाषण– सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गरिने

अर्थ संसार

सोमबार, १५ जेठ २०८०, १७ : ०० मा प्रकाशित

बजेट भाषण– सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गरिने

सरकारले आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गर्ने बताएका हुन् ।

आज (सोमबार) संघीय संसद्‍मा आर्थिक वर्ष ०८०–०८१ को बजेट प्रस्तुत गर्दै उनले आगामी आर्थिक वर्षमा मितव्ययिता अपनाइने बताए । सरकारले सवारी साधन खरिद नगर्ने, फर्निसिङ खरिद नगर्ने पनि अर्थमन्त्री महतले बताए । त्यस्तै नेपाल सरकारले अनिवार्य प्रतिनिधित्व गर्नेबाहेकका वैदेशिक भ्रमण पनि रोकिने अर्थमन्त्री महतले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको