Like us!
Follow us!
Connect us!
Watch us!

बजेट भाषण– मुलुकको आर्थिक रूपान्तरणका लागि डिजिटल बैंकको स्थापन गरिने

अर्थ संसार

सोमबार, १५ जेठ २०८०, १७ : २७ मा प्रकाशित

बजेट भाषण– मुलुकको आर्थिक रूपान्तरणका लागि डिजिटल बैंकको स्थापन गरिने

सरकारले आगामी आर्थिक वर्षमा मुलुकको आर्थिक रूपान्तरणका लागि डिजिटल अर्थतन्त्रको प्रवर्द्धन गर्ने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको आर्थिक वर्ष २०८०–८१ को बजेटमा ‘आर्थिक रूपान्तरणका लागि डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गरिने’ बताएका हुन्।

‘यसका लागि सञ्चार पूर्वाधारको विकास, डिजिटल बैंकको स्थापन, सूचना प्रविधि उद्योगको प्रवर्द्धन तथा आर्थिक क्रियाकलापमा इन्टरनेट, मोबाइल एप्लिकेसन र अन्य नेटवर्कको प्रयोगलाई बढावा दिइने छ,’ अर्थमन्त्री महतले भने, ‘यसबाट आर्थिक कारोबारको लागत घट्ने, समयको बचत हुने, कार्यकुशलता वृद्धि हुने पारदर्शी तथा सुशासन प्रवद्र्धन भइ प्रतिस्पर्धात्मक क्षमताको विकास  हुने अपेक्षा गरेको छ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको