काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले सांसदहरु बल्ल वडा अध्यक्षको लेवलमा आएको टिप्पणी गरेका छन् । सरकारले बजेट विनियोजनमा सांसद विकास कोष व्यूताएपछि महानगर प्रमुख शाहले यस्तो टिप्पणी गरेका हुन् ।
सरकारले प्रत्येक प्रत्यक्ष निर्वाचित सांसदलाई एक निर्वाचन क्षेत्रमा पाँच करोड खर्च गर्न पाउने गरी रकम विनियोजन गरेको थियो ।
‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ ? माननीय ज्युहरु,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस