Like us!
Follow us!
Connect us!
Watch us!

आवश्यकता र समयको माग अनुसार मोनिटरी पोलिसी आउँछ : अर्थमन्त्री

अर्थ संसार

मंगलबार, १६ जेठ २०८०, १४ : ५४ मा प्रकाशित

आवश्यकता र समयको माग अनुसार मोनिटरी पोलिसी आउँछ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले आवश्यकता र समयको माग अनुसार मोनिटरी पोलिसी आउने विश्वस्त पारेका छन् । आज (मंगलबार) अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

गभर्नरले पनि अहिलेकाे आवश्यकता राम्ररी बुझेका उनले बताए । त्यसैले अहिले समयकाे माग के छ र जे कुरा धेरै आवश्यक छ त्यही अनुसारकाे माैद्रिक नीति आउने उनले बताएका छन् ।

पत्रकार सम्मेलनमा बाेल्दै उनले आफूले अर्थतन्त्रको हित बाहेक अरू कुनै मोटिभ नराखी बजेट ल्याएकाे बताए । कसैले केही माेटिभ राख्या पाएमा आफूले छाडेर हिँड्ने समेत उनले बताए । अहिले सोसल मिडियामा जे भन्यो त्यही हो जस्तो गरिने उनी बताउँछन् । उनी भन्छन्, 'काम गर्ने मान्छेलाई इन्करेज (प्राेत्साहन) गरे पो काम हुन्छ नत्र समाप्त हुन्छ ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको