Like us!
Follow us!
Connect us!
Watch us!
कारबाहीको दायरामा ल्याउन आग्रह

बालेनले बुझाए स्वास्थ्यमन्त्री बस्नेतलाई छुट सुविधा नदिने अस्पतालको सूची

अर्थ संसार

बुधबार, १७ जेठ २०८०, ११ : ५८ मा प्रकाशित

बालेनले बुझाए स्वास्थ्यमन्त्री बस्नेतलाई छुट सुविधा नदिने अस्पतालको सूची

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई कानुनअनुसार दिनुपर्ने छुट सुविधाको विवरण उपलब्ध नगराउने ६८ वटा अस्पतालको सूची बुझाएका छन् ।

हिजो (मंगलबार) स्वास्थ्यमन्त्री बस्नेतलाई भेटेर सूची बुझाएको र कारबाहीको दायरामा ल्याउन आग्रह गरेको साहले आज (बुधबार) बिहान सामाजिक सञ्जालमार्फत् बताएका हुन् ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अटेर गर्ने काठमाडौं महानगरपालिकाभित्रका ती अस्पतालाई कारबाहीको दायरामा नल्याइए महानगर आफैं अग्रसर हुने मेयर साहले स्पष्ट पारेका छन्।

‘नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्यसम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको छ । स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्यसम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउनेतर्फ मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै काठमाडौं महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने  ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौं,’ मेयर साहले फेसबुकमा लेखेको छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको