Like us!
Follow us!
Connect us!
Watch us!

सेयरमा लगानी गर्ने कोही पनि आयकरको दायरामा आउँदैनन्, अत्तालिनु पर्दैन : अर्थमन्त्री

अर्थ संसार

बुधबार, १७ जेठ २०८०, १२ : २४ मा प्रकाशित

सेयरमा लगानी गर्ने कोही पनि आयकरको दायरामा आउँदैनन्, अत्तालिनु पर्दैन : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाश शरण महतले सेयरमा लगानी गर्ने कोही पनि आयकरको दायरामा नआउने प्रस्ट पारेका छन् । आज बानेश्वरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

'आज फेरि पनि दोहोर्याएर भन्छु आम जो सेयरमा लगानी गर्नुभाछ कोही पनि त्यो इन्कम ट्याक्सको दायरामा आउने भनेर भनिएको छैन ।' अर्थमन्त्री महतले भने, 'स्पष्ट पार्न चाहान्छु । त्यसमा फेरि जसको चाहीँ कारोबार गर्दा लस भएको छ त्यो लसमा पनि कर लगाउने त कुरै भएन । त्यसैले यो पनि स्पष्ट पार्न चाहान्छु कोही ९९.५ प्रतिशत इभन ९९.९ प्रतिशत पनि योभित्र पर्दैनन् ।'

उनले थपे, 'सेयर मार्केटमा लगानी गर्ने देशभरका जो दाजुभाई दिदी बहिनीहरू हुनुहुन्छ यसबाट अत्तालिनु पर्ने केही पनि कारण छैन । कोही पनि तपाईँहरू त्यो खाले अलिकति केही लगानी गरेर मलाई फाईदा हुन्छ की, बैंकमा राख्नु सट्टा यहाँ लगानी गरेर फाईदा हुन्छ की भनेर जसले गर्याछ कोही पनि यो दायरामा आउँदैनन् ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको