Like us!
Follow us!
Connect us!
Watch us!

भारतको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ नामक नक्सामा नेपालको भूभाग समावेश गरिएकोमा रास्वापाको आपत्ती

अर्थ संसार

बुधबार, १७ जेठ २०८०, १३ : ३५ मा प्रकाशित

भारतको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ नामक नक्सामा नेपालको भूभाग समावेश गरिएकोमा रास्वापाको आपत्ती

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतको नयाँ संसद् भवनमा  ‘अखण्ड भारत’ नामक नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु रहेको भन्ने समाचार सार्वजनिक भएको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । आज (बुधबार) एक विज्ञप्ती जारी गर्दै रास्वपाले प्रधानमन्त्रीको आजबाट सुरु हुने भारत भ्रमणको क्रममा उक्त विषय उठान गरी जनतासमक्ष त्यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरेको हो । 

रास्वपाले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनतासँग प्रतिकुल हुने कुनैपनि कदम आफूलाई स्विकार्य नहुने उल्लेख गरेको छ।

रास्वपाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको “अखण्ड भारत” नामक नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने विभिन्न सञ्चारमाध्यबाट सार्वजनिक भएको समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानार्कषण भएको छ । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वीकार्य छैन । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनता समक्ष यसको सत्यतथ्य सार्वजनिक गर्न हामी जोडदार माग गर्दछौं ।’-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको