Like us!
Follow us!
Connect us!
Watch us!

आन्तरिक राजस्व विभागको लगानीकर्तालाई झनै अलमल्ल बनाउने विज्ञप्ति : नियमित र पटके भनेर लगानीकर्तालाई वर्गीकरण गर्ने प्रयास

अर्थ संसार

बुधबार, १७ जेठ २०८०, २२ : १५ मा प्रकाशित

आन्तरिक राजस्व विभागको लगानीकर्तालाई  झनै अलमल्ल बनाउने विज्ञप्ति : नियमित र पटके भनेर लगानीकर्तालाई वर्गीकरण गर्ने प्रयास

बुधबार साँझ आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै सेयर बजारमा विद्यमान रहेको लगानीकर्तालाई नियमित र पटके भनेर वर्गीकरण गर्न खोजेको छ। विभागले नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र विक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको जनाएको छ। 

विभागका अनुसार सेयर कारोबारवाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन  गरिएको छैन। तर यो पटके रुपमा कारोबार हुनेलाई मात्र हो। 

"आर्थिक विधेयक, २०८० को दफा २९ बमोजिम धितोपत्रको नियमित व्यवसायिक कारोबार गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका सम्बन्धमा शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुमा केही द्विविधा उत्पन्न भएको विषय विभिन्न संचारमाध्यमवाट जानकारीमा आएको साथै नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघद्धारा जारी संयुक्त प्रेश विज्ञप्ति समेत प्राप्त हुन आएको सन्दर्भमा निम्नानुसार स्पष्ट गरिएको व्यहोरा अनुरोध छ। नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र विक्री गर्दा हुने लाभमा सावि बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ। त्यस्तो कारोबारवाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिएको छ।"

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको