Like us!
Follow us!
Connect us!
Watch us!

टिएमएस बन्द गराउन लगानीकर्ताकाे माग, ब्रोकर एशोशिएसन जाँदै

अर्थ संसार

विहीबार, १८ जेठ २०८०, १० : ५८ मा प्रकाशित

टिएमएस बन्द गराउन लगानीकर्ताकाे माग, ब्रोकर एशोशिएसन जाँदै

बजेटमा गरिएको व्यवस्थाविरूद्ध विरोधमा उत्रिएका सेयर लगानीकर्ताहरू टिएमएस बन्द गराउने मागसहित स्टक ब्रोकर एशोशिएसन पुग्ने भएका छन् ।

आफूहरूको मागको सम्बोधन नभएसम्म कारोबार नगर्ने भनेर उनीहरूले टिएमएस बन्द गराउन स्टक ब्रोकर एशोशिएसनसँग आग्रह गर्ने भएका छन् । अहिले अग्रवाल भवन, कमलपोखरीमा जम्मा भएका लगानीकर्ताहरू अब त्यहाँबाट सिधै स्टक ब्रोकर एशोशिएसन पुग्ने भएका हुन् ।

उनीहरूले त्यहीँबाट सबै ब्रोकरहरूलाई टिएमएस बन्द गरेर आफूहरूलाई साथ दिन समेत अनुरोध गरेका छन् ।

64782dc890b74.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको