Like us!
Follow us!
Connect us!
Watch us!

धर्मराज सापकोटालाई तिलक कोइरालाको फोन, टिएमएस बन्द गराउन आग्रह

अर्थ संसार

विहीबार, १८ जेठ २०८०, ११ : ०९ मा प्रकाशित

धर्मराज सापकोटालाई तिलक कोइरालाको फोन, टिएमएस बन्द गराउन आग्रह

लगानीकर्ता तिलक कोइरालाले स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्ष धर्मराज सापकोटालाई फोन गरेका छन् । उनले धर्मराज सापकोटालाई फोन गरेर टिएमएस बन्द गराउन आग्रह गरेका हुन् ।

लगानीकर्ताहरू एकदमै आक्रोसित भएका र कसैले पनि कारोबार नगर्ने निर्णय गरेका हुनाले सबै ब्रोकरहरूको टिएमएस बन्द गरेर लगानीकर्ताहरूलाई सहयोग गर्न उनले आग्रह गरे । साथै उनले ब्रोकर एसोसिएसनप्रति लगानीकर्ताहरूबाट कुनै पनि किसिमका अभद्र व्यवहार नहुने जिम्मेवारी लिए । 

अहिले अग्रवाल भवनमा जम्मा भएका लगानीकर्ताहरू केही बेरमै ब्रोकर एसोसिएनको कार्यालय पुगेर आफूहरूको निर्णय र माग समेटिएको पत्र बुझाउने भएका छन् ।

कर नीति खारेज गर्नुपर्ने र अल्पकालिन र दिर्घकालिन कर एउटै हुनुपर्ने उनीहरूकाे माग छ ।

64782db6cf537.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको