Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको विरोध कार्यक्रममा पुगे सांसद हरि ढकाल

अर्थ संसार

विहीबार, १८ जेठ २०८०, ११ : २६ मा प्रकाशित

लगानीकर्ताको विरोध कार्यक्रममा पुगे सांसद हरि ढकाल

सांसद हरि ढकाल लगानीकर्ताको विरोध कार्यक्रम भईरहेको स्थान कमलपोखरी, काठमाडौँ पुगेका छन् । त्यहाँ पुगेर उनले आफू २०७५ को हरि ढकाल नै रहेको र कहिल्यै परिवर्तन नभएको बताए ।

मौका मिलेसम्म आफूले सदनबाट लगानीकर्ताहरूको हक हितका लागि आवाज उठाएको पनि उनले स्पष्ट पारे । अहिलेको लगानीकर्ताहरूको अभियानमा पनि आफू साथमा रहने उनको प्रतिवद्धता छ ।

उनले सदनमार्फत् यस विषयमा ध्यानाकर्षण गराउने जानकारी दिए । र भारत भ्रमणमा गएका अर्थमन्त्री नेपाल फर्किएपछि स्वयंम आफैँ गएर अर्थमन्त्रीलाई भेटेर कुरा गर्ने उनले बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको