Like us!
Follow us!
Connect us!
Watch us!

सांसद हरि ढकालको प्रश्न :सेयर बजार सुधारका लागि मैले दिएको १० बुँदे सुझाव किन सम्बोधन भएन ?

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, १६ : २५ मा प्रकाशित

सांसद हरि ढकालको प्रश्न :सेयर बजार सुधारका लागि मैले दिएको १० बुँदे सुझाव किन सम्बोधन भएन ?

सांसद हरि ढकालले आगामी आर्थिक वर्षको बजेट माथि  बिरोध गरेका छन् । उनले बजेटमा केहि पनी परिवर्तन नभएको बताए । 

ढकालले सेयर बजार सुधारका लागि आफुले दिएको १० बुँदे सुझाव किन सम्बोधन भएन भन्दै प्रश्न समेत गरेका छन् । 

उनले भने, ‘बजेट पोहरको जस्तै छ । परारको जस्तै छ । नीति बन्दै गर्दा शैलि र स्वरुप परिवर्तन हुँदैन भने त्यो बजेटमा केहि परिवर्तन भएको छैन । सांसदले उठाएका विषयमा यस बजेटमा छैन । सत्तापक्षले पनि समर्थन गरेको छैन । अर्थमन्त्रीलाई मैले सेयर बजार सुधारका लागि १० बुँदे सुझाव दिएको थिए । काही केहि पनि छैन । माग सम्बोधन हुने त भनिएको थियो ।’

उनले विदेशी उत्पादनलाई रोक लगाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने भन्ने विषयपनि बजेटमा नआएको उनको तर्क छ । ‘पोखरा र भैरहवा विमानस्थल संचालक गर्ने बारे कुनै कार्यक्रम छैन । १५ गतेको काम सकाउने गरी बजेट आएको हो । नारा नारामै सीमित भयो’ ढकालले भने ।

साढे ५ खर्ब ऋणी लिन कुरा अर्थतन्त्रका लागि भयानक भएको ढकालले बताए । उनले भने, ‘असुल गर्नु पर्ने बेरुजु साढे ४ खर्ब छ । यो उठाउन सरकारको ध्यान गएन । ऋणा लिन कुराले बजेटमा कुनै उल्लासको छैन । युवा पलायन रोक्ने कुनै काम छैन । सत्तापक्षमा रहे पनि नरहेपनि गल्तीलाई गल्ती भन्छु ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको