ब्रोकर नम्बर १६ मा हात हालाहाल भएको छ । टिएमएस बन्द गराउन भन्दै ब्रोकर नम्बर १६ अर्थात् प्राइमो सेक्युरिटीज पुगेका लगानीकर्ताहरू र ब्रोकरका व्यवस्थापकिय पक्षबीच हात हालाहाल भएको हो ।
आजै बिहान सेयर लगानीकर्ताहरूले नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटासँग सबै ब्रोकरबाट टिएमएस बन्द गराई आन्दोलनमा सहयोग गर्न आग्रह गरेका थिए ।
सोही अन्तर्गत विभिन्न ब्रोकर कार्यालय पुग्ने क्रममा ब्रोकर नम्बर १६ मा पुग्दा हात हालाहाल भएको हो । उनीहरूबीच चर्को भनाभन पनि भएको छ । लगानीकर्ताहरू तिलक काेइराला, राेकन कार्की लगायतकाे टाेली र ब्राेकर पक्षबीच हात हालाहाल भएकाे भिडियाेमा देख्न सकिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस