Like us!
Follow us!
Connect us!
Watch us!

आक्रामक रूपमा ब्रोकर बन्द गरिँदै, थप ६ कम्पनीमा तालाबन्दी

अर्थ संसार

आइतबार, २१ जेठ २०८०, १० : ३९ मा प्रकाशित

आक्रामक रूपमा ब्रोकर बन्द गरिँदै, थप ६ कम्पनीमा तालाबन्दी

आन्दोलनरत लगानीकर्ताहरुले ब्राेकर कार्यालयहरू बन्द गरिरहेका छन् । थप ६ वटा ब्राेकर कम्पनीमा तालाबन्दी भएकाे छ । 

आन्दोलनरत लगानीकर्ताहरू समूह-समूहमा विभाजन भई ब्राेकर कम्पनीहरूमा तालाबन्दी गरिरहेका छन् । लगानीकर्ता नयन बास्ताेलाकाे समूहले ब्राेकर नम्बर १६, ५७, ४९, २१, २६ र ३६ गरेर ६ वटा ब्राेकर कम्पनीमा तालाबन्दी गरेका हुन् ।

पूँजी बजारमारा कर नीति ल्याएको भन्दै लगानीकर्ताहरुले सरकार विरुद्धको आन्दोलन कार्यक्रम चर्काउने घोषणा गरेका छन्। सरकारले सेयर कारोबारलाई व्यवसाय सरह नै कर लगाउन खोजेको कारण लगानीकर्ता आन्दोलनरत छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको