आन्दोलनरत लगानीकर्ताहरूले ब्रोकर कार्यालयहरूमा तालाबन्दी गरेका कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार ठप्प भएको छ ।
यद्यपी कुनै ब्रोकरहरूको टिएमएस भने लग इन भएको कारण केही कारोबार भएको छ । आन्दोलनरत लगानीकर्ताहरुले सबै ब्रोकर कार्यालयमा टिएमएस बन्द गराएपछि आज प्री ओपन सेसनमा पनि कारोबार भएको थिएन ।
आन्दोलनरत लगानीकर्ताहरुले ब्रोकरहरुलाई कारोबार बन्द नगरेमा जस्तोुकै क्षती हुनसक्ने र उक्त क्षतीको जिम्मेवारी स्वयं व्यवसायीले नै लिनुपर्ने चेतावनी दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस