Like us!
Follow us!
Connect us!
Watch us!

घ्यु/तेलको कच्चा पदार्थ आयातमा लाग्ने भन्सार महसुल बढाएकोप्रति उद्योगीहरुको आपत्ती, पुरानै महसुल कायम गर्न माग

अर्थ संसार

सोमबार, २२ जेठ २०८०, १७ : ४९ मा प्रकाशित

घ्यु/तेलको कच्चा पदार्थ आयातमा लाग्ने भन्सार महसुल बढाएकोप्रति उद्योगीहरुको आपत्ती, पुरानै महसुल कायम गर्न माग

सरकारले २०८०– ८१ बजेटमार्फत् घ्यु–तेलको कच्चा पदार्थ आयातमा लाग्ने भन्सार महसुल बढाएकोमा उद्योगीहरुले आपत्ती जनाएका छन्। 

आज (सोमबार) नेपाल वनस्पति घ्यु–तेल उद्योग उत्पादन संघले काठमाडौँमा पत्रकार सम्मेलन अयोजना गरी उद्योगीहरुले २०८०– ८१ बजेटमार्फत् घ्यु–तेलको कच्चा पदार्थ आयातमा लाग्ने भन्सार महसुल बढाएकोप्रति  आपत्ती जनाएका हुन् ।

पुरानै भन्सार महसुल कायम गर्न समेत उनीहरुले माग गरेका छन्। संघका अध्यक्ष विकास दुगडले वर्तमान सरकारले बजेटमार्फत् विगतमा घ्यु–तेलको कच्चा पदार्थ आयातमा लाग्ने भन्सार शुल्क विगतकै कायम गर्न माग गरेका छन् ।

यसलाई तत्कालै सच्याई कच्चा पदार्थमा भन्सार महशुल दर साविक वमोजिम नै १ % मात्र कायम गर्नका लागी आवश्यक पहल गरीदिनु हुन यस संघले सम्पुर्ण सरोकारवाला निकायहरुलाई आग्रह समेत गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको