Like us!
Follow us!
Connect us!
Watch us!

घोराही सिमेन्टको प्रिमियममा आईपीओ : जेठ ३२ देखि सर्वसाधारणलाई खुला

अर्थ संसार

बुधबार, २४ जेठ २०८०, ०९ : ३९ मा प्रकाशित

घोराही सिमेन्टको प्रिमियममा आईपीओ : जेठ ३२ देखि सर्वसाधारणलाई खुला

घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले सर्वसाधारणको लागि जेठ ३२ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। यस अघि कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको सेयर बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने मिति तोकेको हो। 

कम्पनीले १०० अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरेर आइपीओ निष्कासन गर्न लागेको हो ।अर्थात्  ४३५ रुपैयाँको दरको कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ सर्वासाधारणको लागि निष्कासन गर्न लागेको हो ।

कहिलेसम्म दिने आवेदन ?
निष्काशन बन्द छिटोमा असार ४ गते हुनेछ भने ढिलोमा असार १४ गते हुनेछ

कति दिने आवेदन ?
न्यूनतम -१० कित्ता
अधिकतम - १० लाख कित्ता

कहाँबाट दिने आवेदन ?
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

को हो बिक्री प्रबन्धक ?
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

रेटिङ्ग 

 केयर रेटिङ नेपाल लिमिटेडबाट "CARE-NP BBB- (Is) (Tripple B Minus Issuer Rating ) " रेटिङ्ग प्राप्त गरेको छ। "CARE- NP BBB (Is) (Tripple B Minus Issuer Rating )" से कम्पनीको वित्तीय दायित्व बहन गर्ने सुरक्षा क्षमताको मध्यम आधार "Moderate Degree of Safety Regarding Timely Servicing of Financial Obligations" रहेको जनाउँदछ । केयर रेटिङ नेपाल लिमिटेडले NP AAA (Is) देखि CARE- NP D (Is) सम्मको रेटिङ प्रदान गर्दछ जसमा ग्रेड "CARE-NP AAA (Is)" ले सकारात्मक आधार जनाउँछ भने "CARE-NP D (Is)" ले नकारात्मक आधारहरू जनाउँछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको